Section 11
कार्यकारी परिषद्को गठन
(१) प्रतिष्ठानको कार्यकारी निकायको रुपमा काम गर्न एक कार्यकारी परिषद्
रहनेछ ।
(२) कार्यकारी परिषद्को गठन देहाय बमोजिम हुनेछ ः–
(क) उपकुलपति – अध्यक्ष
(ख) शिक्षाध्यक्ष – सदस्य
(ग) डीनहरूमध्येबाट एकजना – सदस्य
(घ) सभाका सदस्य रहेका शैक्षिक संस्थाका प्रमुखहरूमध्येबाट एकजना– सदस्य
(ङ) निर्देशक – सदस्य
(च) शिक्षकहरूमध्येबाट एकजना – सदस्य
(छ) रजिष्ट्रार – सदस्य–सचिव
(३) उपदफा (१) को खण्ड (ग), (घ) र (च) बमोजिमका सदस्यको मनोनयन उपकुलपतिको
सिफारिसमा सहकुलपतिले गर्नेछ ।
(४) उपदफा (२) बमोजिम मनोनीत सदस्यको पदावधि तीन वर्षको हुनेछ ।
(५) कार्यकारी परिषद्को बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।